विवेकशील साझा र सिटिजन्स फोरम र जनता दरबार पार्टीबीच एकता

नेपालभ्युज

विवेकशील साझा र सिटिजन्स फोरम र जनता दरबार पार्टीबीच एकता

काठमाडौँ। विवेकशील साझा पार्टीले सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकता गरेको छ। ललितपुरमा शनिबार आयोजित कार्यक्रममार्फत सिटिजन्स फोरम र जनता दरबार र विवेकशील साझाबीच एकताको घोषणा गरिएको हो।

एकीकृत पार्टीको नाम पनि ‘विवेकशील साझा पार्टी’ राखिएको छ भने अध्यक्षमा रवीन्द्र मिश्र रहेका छन्।

साझा पार्टीको केन्द्रीय समिति सदस्यलाई निरन्तरता दिँदै सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरू सामेल गराइएको छ । त्यसै गरी केन्द्रीय कार्यसम्पादन समितिमा पनि फोरम र दरबार पार्टीका १० जना सदस्यहरू थपिएको घोषणा पत्रमा उल्लेख छ।

एकीकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved