हारबाट जोगियो मनाङ-मर्स्याङ्दी क्लब

निर्धारित ९० मिनेटसम्म अग्रता लिएको संकटाविरुद्ध इन्जुरी टाइममा गोल गर्दै फ्र्याङ्कलिनले मनाङको हार टारे।

नेपालभ्युज

हारबाट जोगियो मनाङ-मर्स्याङ्दी क्लब

काठमाडौं। उपाधिको दावेदार मनाङ-मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबसँग हारबाट जोगिएको छ।

खेलको अतिरिक्त समयमा विदेशी खेलाडी फ्र्याङ्कलिनको गोलको मद्दतले मनाङले संकटासँग २-२ गोलको बराबरी खेल्यो। खेलमा दुई पटक अग्रता लिए पनि संकटाले जित भने हात पार्न सकेन।

३१ औँ मिनेटमा निरज बस्नेतले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। तर त्यसको ४ मिनेटपछि नै दयानन्द सिंहले मनाङको लागि बराबरी गोल फर्काए।

पहिलो हाफ १-१ को बराबरीमा सकिएपछि खेलको ७० औँ मिनेटमा उत्तम राईले संकटाको तर्फबाट दोस्रो गोल गरेका थिए। निर्धारित ९० मिनेटसम्म अग्रता लिएको संकटाविरुद्ध इन्जुरी टाइममा गोल गर्दै फ्र्याङ्कलिनले मनाङको हार टारे।

यससँगै तीन खेलमा ७ अंकसहित मनाङले लिग लिडर सातदोबाटो युथ क्लबसँग अंक बराबर गरेको छ। अपराजित रहेको संकटाको भने तीन खेलमा ५ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved