भारतको दशै विकेट लिई पटेलले बनाए रेकर्ड

रमाइलो त के भने हाल न्यूजिल्याण्डबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने उनी भारतकै मुम्मबईमा जन्मिएका व्यक्ति हुन्। संयोग मान्नुपर्छ उनले यो रेकर्ड पनि मुम्मबईमै भएको खेलमा बनाएका हुन्।

नेपालभ्युज

भारतको दशै विकेट लिई पटेलले बनाए रेकर्ड

एजेन्सी। न्युजिल्याण्डका बलर अजाज पटेलले टेस्ट म्याचको एक इनिङमा दशओटै विकेट लिएर रेकर्ड बनाएका छन्। भारतसँगको दोस्रो टेस्ट म्याचको पहिलो इनिङमा न्युजिल्याण्डका स्पिनर अजाज एक्लैले भारतको सबै विकेट लिए।

विश्व क्रिकेटमा यो रेकर्ड बनाउने उनी तेस्रो खेलाडी बनेका छन्। यसअघि इंग्ल्याण्डका जेसी लेकरले पहिलोपटक सन् १९४६ यो रेकर्ड बनाएकोमा भारतका स्पिनर अनिल कुमले सन् १९९९ दोस्रो कीर्तिमानी बनाएका थिए।

सन् २००० यता यो रेकर्ड बनाउने पटेल पहिलो खेलाडी हुन्। म्याचमा भारतविरुद्ध ४७.५ ओभरमा ११९ रन दिएर पटेलले सबै विकेट लिएका थिए।

रमाइलो त के भने हाल न्यूजिल्याण्डबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने उनी भारतकै मुम्मबईमा जन्मिएका व्यक्ति हुन्। संयोग मान्नुपर्छ उनले यो रेकर्ड पनि मुम्मबईमै भएको खेलमा बनाएका हुन्।

म्याचको पहिलो इनिङमा अलआउट हुनुअघि भारतले ३२५ रनको योगफल बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved