हस्ताक्षरसहित राणाले भने – म राजेन्द्र लिङ्देनको पक्षमा छैन

नेपालभ्युज

हस्ताक्षरसहित राणाले भने – म राजेन्द्र लिङ्देनको पक्षमा छैन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता पशुपति शमशेर राणाले आफू राजेन्द्र लिङ्देनको पक्षमा नरहेको बताएका छन्।

कमल थापालाई समर्थन गरिरहेका उनले शनिबार निर्वाचन शुरु भइसकेपछि सामाजिक सञ्जालमार्फत लिङ्देनलाई आफ्नो समर्थन नरहेको बताएका हुन्। आफूले लिङ्देनलाई समर्थन गरेको भन्दै कुप्रचार गरिएको बताउँदै उनले त्यसमा आपत्ति जनाएका छन्।

उनले हस्ताक्षरसहित लेखेको हस्तलिखित चिट शेयर गरेका छन्। जसमा उनले लेखेका छन्, “कुनै कतत्वले फेसबुमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भन्दै किर्ते पोष्ट गर्या देखेँ। यो सरासर झूट कुरा हो। यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु।”

No photo description available.

उक्त पोष्ट थापाले आफ्नो वालमा शेयर गरेका छन्।

महाधिवेशनस्थल भृकुटीमण्डपमा यतिबेला आगामी नयाँ नेतृत्वका लागि राप्रपामा हाल निर्वाचनको जारी छ।

बेलुका पाँच बजेसम्म निर्वाचन हुने बताइएको छ। पर्टी नेतृत्वका लागि थापा र लिङदेनबीच प्रतिस्पर्धा हुँदैछ। थापालाई पार्टीका पूर्व अध्यक्ष राणाको समर्थन रहँदा लिङदेनलाई पूर्व अध्यक्ष प्रकाश लोहनीले समर्थन गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved