ग्याँस चेम्बर बन्दै दिल्ली, सास फेर्न लायक छैन हावा

दिल्लीका धेरैजसो इलाकामा वायु गुणवत्ता सूचकांक ३ सय अंकभन्दा माथि छ। यता, जहांगीरपुरी निगरानी केन्द्रको सूचकांक ४ सय ९ अंकमा रह्यो। यस स्तरको हावालाई गम्भिर श्रेणीमा राख्ने गरिन्छ।

नेपालभ्युज

ग्याँस चेम्बर बन्दै दिल्ली, सास फेर्न लायक छैन हावा

दिल्लीका मानिसहरूलाई अहिल्यै प्रदूषणबाट राहत मिल्ने देखिएको छैन। हावाको रफ्तार सुस्त भएका कारण शनिबार प्रदूषणको स्तर अझै बढ्नसक्छ। दिल्लीमा शुक्रबार पनि हावाको स्तर निकै खराब थियो। जसकारण, दिल्लीवासीहरु लगातार प्रदूषित हावामा सास फेर्न बाध्य छन्।

बिहानको समय शीत र दिउँसो बादलका कारण शान्त अवस्थामा रहेको हावाका कारण बिहीबार दिल्लीमा औसत वायु गुणवत्ता सूचकांक ४ सय २९ अंकमा थियो। यसलाई गम्भिर श्रेणी मानिन्छ।

यद्यपी, शुक्रबार साँझ दिल्लकिा धेरै हिस्सामा हल्का पानी पर्‍यो। जसकारण, दिल्लीको वायु गणवत्ता सूचकांक शुक्रबार ३ सय ४६ अंकमा रह्यो। यसलाई पनि निकै खराब अवस्था मानिन्छ। यद्यपी, एक दिन पहिलेको अवस्थामा ८३ अंकको सुधार भने देखिएको छ।

दिल्लीका धेरैजसो इलाकामा वायु गुणवत्ता सूचकांक ३ सय अंकभन्दा माथि छ। यता, जहांगीरपुरी निगरानी केन्द्रको सूचकांक ४ सय ९ अंकमा रह्यो। यस स्तरको हावालाई गम्भिर श्रेणीमा राख्ने गरिन्छ।

साढें दुई गुणा बढी प्रदूषण

एक दिन पहिलेको तुलनामा प्रदूषणको स्तरमा कमी आएको भएपनि दिल्लीको हावामा अझै पनि साढें दुई गुणाभन्दा ज्यादा प्रदूषक कण विद्यमान छ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डकाअनुसार शुक्रबार साँझ ५ बजे हावामा पीएम १० को स्तर २ सय ५४ माइक्रोग्राम र पीएम २.५ को स्तर १ सय ६२ माइक्रोग्राम प्रति घनमिटर रह्यो।

मानकहरुका अनुसार हावामा पिएमको स्तर १ सयभन्दा कम र पिएम २.५ को स्तर ६० भन्दा कम हुनुपर्छ। यसअनुसार दिल्लीको हावामा प्रदूषणको स्तर अझै पनि साढें दुई गुणा ज्यादा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved