नारायणी किनारमा भएको मेलालाई मैले नकारात्मक लिएको छैनः प्रचण्ड

प्रचण्डले अन्य दलहरुलाई पनि आफ्ना महाधिवेशनसहितका ठूला कार्यक्रमहरु चितवनमै गर्न आग्रह गरे। चितवन विकासको केन्द्रसँगै राजनीतिको केन्द्र पनि बनेको उनले बनाए।

नेपालभ्युज

नारायणी किनारमा भएको मेलालाई मैले नकारात्मक लिएको छैनः प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले चितवनमा गरेको दशौँ महाधिवेशनलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्।

नारायणी नदी किनारमा पैदलमार्ग लगायतका पूर्वाधार शिलान्यास गर्दै प्रचण्डले नारायणी दनी किनारमा लागेको मेलालाई आफूले सकारात्मक रुपमा लिएको बताए। उनले एमालेको महाधिवेशनलाई मेलाको संज्ञा दिएका हुन्।

प्रचण्डले चितवनमा जम्मा भएको ठूलो भीडले भरतपुरमा भएको विकास निर्माणको अवलोकन गरेको र त्यहाँको सेवा सुविधाको विषयमा जानकारी लिएकाले आफूले त्यसलाई सकारात्मक रुपमै लिएको बताए।

प्रचण्डले अन्य दलहरुलाई पनि आफ्ना महाधिवेशनसहितका ठूला कार्यक्रमहरु चितवनमै गर्न आग्रह गरे। चितवन विकासको केन्द्रसँगै राजनीतिको केन्द्र पनि बनेको उनले बनाए।

एमालेले बुटवलमा गर्ने भनेको महाधिवेशन चितवनमा सारेसँगै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली आफूलाई राजनीतिक रुपमा सिध्याउन लागिपरेको प्रतिक्रिया दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved