एक क्विन्टल गाजासहित तीन जना पक्राउ

जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमा पर्ने एकडारा गाउँपालिका ५ को गेना बथनाहास्थित खेतको बाटोबाट सशस्त्र प्रहरीको विशेष टोलीले शुक्रबार राति साढे नौ बजे उनीहरुलाई पक्राउ गरेको हो।

नेपालभ्युज

एक क्विन्टल गाजासहित तीन जना पक्राउ

जनकपुरधाम। महोत्तरीमा १०१ किलो ५ सय ग्राम तयारी गाजासहित तीन जना पक्राउ परेका छन्। उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका डिआईजी गणेश बहादुर ठाडामगरले पाएको विशेष सुराकीको आधारमा खटाइएको विशेष टोलीले गाजासहित शुक्रबार राति तीन जनालाई नियन्त्रणमा लिएको हो।

जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमा पर्ने एकडारा गाउँपालिका ५ को गेना बथनाहास्थित खेतको बाटोबाट सशस्त्र प्रहरीको विशेष टोलीले शुक्रबार राति साढे नौ बजे उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा एकडारा गाउँपालिका ३ बस्ने ६० वर्षीय राम खेलावन मण्डल र जलेश्वर नगरपालिका ७ बस्ने ५० वर्षीय सुरेश यादवसहित थप एकजना रहेको छन्। नाम नखुलेका मानिसको गाजा तस्करीमा संलग्नता बारे प्रहरी अनुसन्धान पछिमात्र खुल्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved