ट्याक्टर चढेर बिहेको भोज खान जाँदा दुर्घटना, तीन जनाको मृत्यु

नेपालभ्युज

कञ्चनपुर। कञ्चनपुरको झलारीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। महेन्द्रनगरको दैजीबाट लालझाडीको रैकौवातर्फ जाँदै गरेको से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

लालझाडी गाउँपलिका ९ की ६५ वर्षीया द्रौपती राना, ३३ वर्षीय रतन राना र ५५ वर्षीया रानी राना रहेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा १४ जना सवार थिए। बाँकी ११ जना घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

उनीहरू विवाहको भोज खान ट्याक्टरमा हिँडेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved