कांग्रेस महाधिवेशन– ६ प्रदेशमा चुनावी प्रक्रिया शुरु

नेपालभ्युज

कांग्रेस महाधिवेशन– ६ प्रदेशमा चुनावी प्रक्रिया शुरु

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा चुनावी प्रक्रिया शूरु भएको छ। बिहीवारदेखि शूरु प्रदेश अधिवेशन अन्तर्गत प्रदेश २ बाहेकका प्रदेशमा उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

सबै प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन्। सभापति पदका लागि प्रदेश १ मा उद्धव थापा र गुरुराज घिमिरे, वाग्मतीमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसी, गण्डकीका अर्जुन जोशी र शुक्रराज शर्माले उम्मेदवारी दिएकाछन्।

यस्तै लुम्बिनीमा भरतकुमार शाह र अमरसिंह पुन, कर्णालीमा ललितजङ्ग शाही, भूपेन्द्रजङ्ग शाही र मोतीराज बम र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर र नारायण मिश्रले उम्मेदवारी दिएकाछन्।

प्रदेश २ मा श्रीकृष्ण यादव र रामसरोज यादवले उम्मेदवारी घोषणा गरेपनि चुनावी प्रक्रिया शुरु भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved