उपाधि दावेदार थ्री स्टारको खराब प्रदर्शन जारी, फ्रेन्ड्ससँग अंक बाँड्यो

यसअघिको खेलमा थ्री स्टार नवप्रवेश क्लब सातदोबाटो युथ क्लबसँग १-० ले पराजित भएको थियो।

नेपालभ्युज

उपाधि दावेदार थ्री स्टारको खराब प्रदर्शन जारी, फ्रेन्ड्ससँग अंक बाँड्यो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधिको दावेदार मानिएको थ्री स्टार क्लबको खराब प्रदर्शन जारी छ। शुक्रबारको पहिलो खेलमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग एक-एक गोलको बराबरीमा रोकियो।

बराबरीपछि दुई टिमले १-१ अंक बाँडेका छन्।

दशरथ रंगशालामा भएको खेलमा खेलको ५१ ‍औँ मिनेटमा विदेशी खेलाडी नाथानिल गार्सियाले हेडर गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। खेल सकिन सात मिनेट बाँकी रहँदा मिक्चेन तामाङले गोल गर्दै थ्री स्टारलाई पराजित हुनबाट रोके।

गोलका लागि पाएका करीब आधा दर्जन मौकालाई थ्री स्टारले खेर फालेको थियो। लिगको तीन खेलमा थ्री स्टारको मात्र चार अंक छ।

यसअघिको खेलमा थ्री स्टार नवप्रवेश क्लब सातदोबाटो युथ क्लबसँग १-० ले पराजित भएको थियो।

फ्रेन्ड्सको भने तीन खेलमा दुई बराबरीपछि दुई अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved