यी हुन् माओवादी स्थायी समिति बैठकको निर्णयहरू

राष्ट्रिय सम्मेलनमा हरेक प्रदेशबाट न्यूनतम ३० जना प्रतिनिधि आउने र थप संख्या नवीकरण भएका सदस्याताका आधारमा निर्धारण गर्ने निर्णय भएको नेता कृष्णबहादुर महाराले जानकारी दिए।

नेपालभ्युज

यी हुन् माओवादी स्थायी समिति बैठकको निर्णयहरू

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ।

बैठकले राष्ट्रिय सम्मेलनमा आउने केन्द्रीय प्रतिनिधिको विषयमा थप तयारी गरेर प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

राष्ट्रिय सम्मेलनमा हरेक प्रदेशबाट न्यूनतम ३० जना प्रतिनिधि आउने र थप संख्या नवीकरण भएका सदस्याताका आधारमा निर्धारण गर्ने निर्णय भएको नेता कृष्णबहादुर महाराले जानकारी दिए।

सम्मेलनमा हरेक प्रदेशबाट कम्तिमा एक जना घाइते, अपाङ्ग प्रतिनिधि सामेल गराउने पनि बैठकले निर्णय गरेको छ।

राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधिको प्रवेश शुल्क दुई हजार रुपैयाँ बैठकले तोकेको छ। बैठकले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।

राष्ट्रिय सम्मेलनका क्रममा विधानमा आवश्यक केही परिवर्तन गर्नका लागि समिति गठन भएको छ। उक्त समितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहेका छन्।

यस्तै, बैठकले राष्ट्रिय सम्मेलनका लागि विभिन्न समितिहरु गठन गरेको छ। सम्मेलनको मुख्य व्यवस्थापनका लागि हितमान शाक्यको नेतृत्वमा सम्मेलन व्यवस्थापन उपसमिति गठन भएको छ।

यता, सम्मेलनको प्रचारप्रसार उपसमिति कृष्णबहादुर महराको नेतृत्वमा बनाइएको र सम्मेलनका लागि स्वयंसेकवसहितका आवश्यक थप समितिहरु बनाउने पनि बैठकले निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved