यी हुन् नेपाली क्रिकेट टिमका सम्भावित पाँच प्रशिक्षक

पाँचै जनासँग क्यानको समितिले बुधबार अन्तर्वार्ता गरेर उनीहरुको सूची अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई पठाएको छ। अब आईसीसीसँगको छलफलपछि मुख्य प्रशिक्षकको टुंगो लाग्नेछ।

नेपालभ्युज

यी हुन् नेपाली क्रिकेट टिमका सम्भावित पाँच प्रशिक्षक

काठमाडौं। प्रशिक्षक छनोट समितिले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदका लागि पाँच जनाको अन्तर्वार्ता लिइसकेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक छनोटका लागि गठन गरेको समितिले मुख्य प्रशिक्षकका लागि आवेदन दिएर अन्तिम सूचीमा रहेका पाँच जनाको अन्तर्वार्ता लिएको हो।

क्यानको समितिले मुख्य प्रशिक्षक पदका लागि अन्तर्वार्ता लिएका पाँच व्यक्ति हुन्- मोन्टी देसाई, पुबुदु दसानायके, असान्था गुरुसिङ्घे, ग्रान्ट ब्राडवर्न र रुवान काल्पेज।

यी पाँचै जनासँग क्यानको समितिले बुधबार अन्तर्वार्ता गरेर उनीहरुको सूची अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई पठाएको छ। अब आईसीसीसँगको छलफलपछि मुख्य प्रशिक्षकको टुंगो लाग्नेछ।

सिफारिसमा परेका मध्ये दसानायकेले नेपाली टोली सम्हालिसकेका छन्। यस्तै, देसाईले नेपालको ब्याटिङ कन्सल्ट्यान्टको रुपमा पहिले नै काम गरिसकेका छन्।

दसानायके र देसाईसँगै अष्ट्रेलियाका पूर्व क्रिकेटर गुरुसिङ्घे र न्यूजिल्यान्डका पूर्व क्रिकेटर तथा प्रशिक्षक ग्रान्ट वार्डेन तथा श्रीलंकन पूर्व क्रिकेटर रुवान काल्पेज प्रतिस्पर्धामा छन्।

नेपाली टोलीको मुख्य प्रशिक्षक बन्नका लागि कुल ६० जनाले आवेदन दिएका क्यानले जनाएको छ। जसमध्ये १५ जनलाई पहिलो चरणमा छानेको क्यानको छनोट समितिले पाँच जनाको अन्तर्वार्ता लिएको हो।

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएसँगै क्यानले गत १ कात्तिकमा मुख्य प्रशिक्षक मागेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved