आजको मौसम

सामान्यदेखि पूर्ण बदलीसहित पहाडी भेगमा वर्षा, हिमाली भेगमा हिमपात

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।

नेपालभ्युज

सामान्यदेखि पूर्ण बदलीसहित पहाडी भेगमा वर्षा, हिमाली भेगमा हिमपात

काठमाडौं। अहिले देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।

आज दिनभर सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

भोलि शनिबार प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, १९ मंसिर आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved