राप्रपाको महाधिवेशन– विवाद भएपछि निर्वाचन तालिका प्रभावित

नेपालभ्युज

राप्रपाको महाधिवेशन– विवाद भएपछि निर्वाचन तालिका प्रभावित

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ। बुधवारदेखि सुरु भएको एकता महाधिवेशनमा आज बिहीबार बिहान १० बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने कार्यतालिका भए पनि महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि अहिलेसम्म मतदाता नामावली नै प्रकाशन हुन सकेको छैन।

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार महाधिवेशनको चुनावमा सहभागी हुने मतदाताको अन्तिम नामावली टुङ्ग्याउने काम भइरहेको छ। अहिले निर्वाचन समिति, पार्टीको केन्द्रीय सचिवालय र अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन समूहका नेताहरू मतदाता नामावली टुङ्ग्याउन छलफलमा जुट्नुभएको छ। राप्रपाको बन्द सत्र भने सकिएको छ।

राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ। लिङ्देनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिने भएका छन्। यसैगरी महामन्त्रीमा डाक्टर धवलशमशेर राणा, रामचन्द्र तिम्सिना र रेखा थापाले उम्मेदवारी दिने तयारी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved