निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्दैन– उपसभापति निधि

नेपालभ्युज

निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्दैन– उपसभापति निधि

जनकपुरधाम। नेपाली काग्रेसको उपसभापति विमलेन्द्र निधिले अगामी निर्वाचनपछि प्रदेश र केन्द्रमा काग्रेसको बहुमतको एकमनाको सरकार बनाउने दाबी गरेका छन्। बिहीबार जनकपुरधाममा काग्रेसको प्रदेश २ को अधिवेशनलाई संवोेधन गर्दै निधिले सारा देशले अहिले कांग्रेसको एकमना सरकार आउनुपर्ने आशमा बसेको बताए।

उनले प्रदेश २ को सबै जिल्लाको क्षेत्रबाट बहुमत सिट काँग्रेसले जित्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले सबैभन्दा जरुरी प्रदेश २ को सबै जिल्लाको क्षेत्रबाट कांग्रेस जित्नुपर्ने रहेको बताए। यस प्रदेशमा कांग्रेसले सबै सिट नजिते कांग्रेसको बहुमतको सरकार बनाउन गाह्रो हुने बताए।

उनले प्रदेश अधिवेशनमा भाग लिन आएका सबै जिल्ला र क्षेत्रका नेताहरूलाई निर्देशन दिँदै भने, ‘‘तपाईँहरू काँग्रेसको जिल्ला र क्षेत्रका नेताहरु हुनुहुन्छ, अहिलेदेखि नै सबै स्थानीयको सबै वडादेखि प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा काँग्रेस कसरी जित्छ, त्यस्तो अभियानमा लाग्नुहोस्। अगामी निर्वाचनमा काँग्रेसको बहुमतको जित सुनिश्चित छ।’’

निधिले काँग्रेस तलदेखि माथिसम्म सबै तहमा काँग्रेसको आफ्नै उम्मेदवार खडा गरी जिताउनु पर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले भने, ‘‘सबै ठाउँमा यदि कांग्रेसले आफ्नै उम्मेदवार खडा गरेनन् भने बहुमत आउन सक्दैन, किनभने सबै उम्मेदवार जित्ने चुनावमा ग्यारेन्टी हुँदैन।’’

निधिले मधेशी जनताको अधिकार र चाहना अनुसार पटक–पटक कांग्रेसले संविधान संशोधनको लागि प्रस्ताव लगे पनि कम्युनिस्ट र मधेशवादीले गर्न चाहेको बताए। यसैले संविधान संशोधनको लागि पनि काँग्रेसको बहुमतको सरकार जरुरी रहेको उनको दाबी छ।

उनले भने, ‘‘संविधान र संघीय प्रणालीको सफल कार्यान्वयन कम्युनिस्ट पार्टीले गर्न सक्दैनन्। तथाकथित मधेसवादी पार्टीले झन् सक्ने कुरा नै आउँदैन। सफल कार्यान्वयन मात्र काँग्रेसले गर्न सक्छ। जसको लागि सत्तामा बहुमतको साथ काँग्रेस पुग्न जरुरी छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved