केपी गुटले संविधान संशोधन हुन दिएन : प्रचण्ड

संविधानमा बाँकी हक अधिकार संस्थागत गर्न परिमार्जनको तयारी भइरहेको उनको भनाइ थियो।

नेपालभ्युज

केपी गुटले संविधान संशोधन हुन दिएन : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले संविधान संशोधनका लागि प्रयास गरेको बताएका छन्।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफूले संविधान संशोधनको प्रस्ताव लिएर गए पनि एमाले नामको केपी गुटले आफ्नो प्रस्ताव पारित हुन नदिएको बताएका छन्।

एमालेलाई केपी गुट भन्दै उनले उक्त गुट मधेश, जनजाति, पहिचान र अधिकार विरोधी भएको आरोप लगाए। ‘‘मैले संविधान संशोधनको प्रस्ताव लैजाँदा एमाले नामको केपी गुट नमानेका कारण त्यो प्रस्ताव पारित हुन सकेन,” उनले भने, ‘‘एमालेको केपी गुट, मधेस जनजाति, पहिचान र अधिकार विरोधी छ, त्यसैका कारण संविधान संशोधन हुन सकेन।”

क्रान्ति र प्रतिक्रान्तिबीच निरन्तर संघर्ष भइरहेको बताउँदै उनले आफू प्रधानमन्त्री हुँदा दुई पटक संविधान संशोधनको प्रस्ताव गरे पनि परिवर्तन विरोधीले संशोधन हुन नदिएको बताए। संविधानमा बाँकी हक अधिकार संस्थागत गर्न परिमार्जनको तयारी भइरहेको उनको भनाइ थियो।

जनयुद्धबाट स्थापित उपलब्धीहरू उल्टाउने प्रयास भइरहेको भन्दै उनले राजनीतिक परिवर्तन सजिलोगरी नभएको बताए। मधेशमा संघीयता छोडियो भन्ने प्रचार गरिए पनि माओवादीले संघीयताका निम्ति ठूलो संघर्ष गरेर बलिदान गरेकाले त्यो आरोप झूटो भएको उनको भनाइ थियो। तथाकथित मधेशवादी पार्टी बनाएर मधेसविरोधी शक्तिलाई मधेसको मसिया जस्तो गरी प्रस्तुत गरिएको आरोप उनले लगाए।

नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी रामबहादुर थापा लगायतका नेतालाई लक्षित गर्दै उनले माओवादी आन्दोलनताका नै उनीहरू अर्ग्यानिक ओली गुट भएको आरोप लगाउँदै बीचमा सच्चिए जस्तो गरेर अन्तत: पुन: ओली गुटमै फर्किएको बताए। उनले भने, ‘‘बीचमा सच्चिएर माओवादी हुन्छु भनेर पनि आए, तर कुकुरको पुच्छर १२ वर्षसम्म ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भनेझै उनीहरट्ठ एमालेको केप गुटमा नै गए ।”

कार्यक्रममा उनले संविधान च्यात्ने र गणतन्त्र उल्टाउने प्रयास भइरहेकाले माओवादी बलियो भए बाँकी उपलब्धी हासिल गर्न सकिने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved