कांग्रेस १४ औँ महाधिवेशन

कांग्रेसको १६ जिल्लाको अधिवेशन रोकियो, अब महाधिवेशन पछि मात्रै हुने

निर्वाचन समितिले ६१ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको जनाएको छ। प्रदेश दुुईको आठसहित अन्य आठ जिल्लामा पनि कांग्रेसले जिल्ला अधिवेशन गर्न सकेको छैन।

नेपालभ्युज

कांग्रेसको १६ जिल्लाको अधिवेशन रोकियो, अब महाधिवेशन पछि मात्रै हुने

काठमाडौं। नेपाली कांग्रेसको निर्वाचन समितिले अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा अब केन्द्रीय महाधिवेशनपछि मिति तय गरेर जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको कांग्रेस निर्वाचन समितिले आजदेखि प्रदेश अधिवेशन शुुरु भइसकेकाले अब बाँकी जिल्लाहरुको अधिवेशन अहिले तत्काल नगर्ने निर्णय गरेको छ।

निर्वाचन समितिले ६१ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको जनाएको छ। प्रदेश दुुईको आठसहित अन्य आठ जिल्लामा पनि कांग्रेसले जिल्ला अधिवेशन गर्न सकेको छैन।

काग्रेसको महाधिवेशन २४ देखि २६ मंसिरमा काठमाडौंमा हुँदैछ।

महाधिवेशनमा तीन ठाउमा मतदान स्थल बनाउने
कांग्रेस प्रचार प्रसार समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन सत्र भृकुटिमण्डपमा गरिने जनाएको छ।

उद्घाटन सत्र भृकृटिमण्डपमा भए पनि नेतृत्व चयनको मतदान भने तीन ठाउमा गरिने व्यवस्था गरिएको कांग्रेसको प्रचार प्रसार समितिले जनाएको छ।

भृकुटिमण्डप, राष्टियसभा गृह र नेपाल पुलिस क्लबको प्रांगणमा गरेर तीन ठाउँमा मतदानको व्यवस्था गरिने समितिले जनाएको छ।

पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको महाधिवेशन प्रचार प्रसार समितिले पार्टीको १४ औँ महाधिवेशनको लोगोसमेत आजै पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved