नाडाको नेतृत्वका लागि प्यानलसहित चुनावमा उत्रिदै चौधरी र थापा

नेपालभ्युज

नाडाको नेतृत्वका लागि प्यानलसहित चुनावमा उत्रिदै चौधरी र थापा

काठमाडौं। अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको आगामी नयाँ नेतृत्वका लागि करण चौधरी र ध्रुव थापा प्यानलसहित चुनावमा उत्रिने भएका छन्।

आगामी २२ र २३ मंसीरमा काठमाडौंमा हुने नाडाको नयाँ नेतृत्व चयनका लागि हुने ४५ औँ साधारणसभाका लागि चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् भने थापा आज दिउँसो ३ बजे प्यानल घोषणा गर्दैछन्।

चौधरीको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंहानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणि पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनील रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन्।

नाडामा अध्यक्षसहित १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved