प्रधानन्यायाधीशले ‘कायममुकायम’ नदिँदा सर्वोच्चमा गठन भएन इजलास

कायममुकायम प्रधानन्यायाधीश तोक्न समन्वय गर्ने भनिएपनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कायममुकायम नतोकेका कारण बिहीबार न्यायाधीशहरु इजलास गठन र मुद्दाको पेशी तोक्ने प्रक्रियामा सहभागी नभएका हुन्।

नेपालभ्युज

प्रधानन्यायाधीशले ‘कायममुकायम’ नदिँदा सर्वोच्चमा गठन भएन इजलास

काठमाडौं। सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न शुरु भएको दोस्रो दिनमै इजलास रोकिएको छ। आज सर्वोच्चमा इजलास गठन हुने नसकेको हो।

हिजो बुधबारदेखि सर्वोच्चमा गोलप्रथाबाट इजलास गठन र पेशी तोक्न शुरु भएको थियो। जसअनुसार इजलास गठन भएर केही मुद्दामा सुनुवाइसमेत भएको थियो।

गोला प्रक्रियाबाट पेशी तोक्ने व्यवस्थासम्बन्धी कार्यविधि निर्देशिकाअनुसार बिहान १० बजे नै न्यायाधीशहरुले गोला तान्ने उल्लेख छ।

दैनिक पेशी सूची बिहान साढे १० बजेभित्र वेबसाइटमा प्रकाशित हुने भनिए पनि अहिलेसम्म गरिएको छैन।

कायममुकायम प्रधानन्यायाधीश तोक्न समन्वय गर्ने भनिएपनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कायममुकायम नतोकेका कारण बिहीबार न्यायाधीशहरु इजलास गठन र मुद्दाको पेशी तोक्ने प्रक्रियामा सहभागी नभएका हुन्।

सर्वोच्चमा आज इजलास गठन हुने अथवा नहुने भन्नेमा नै अलमल छ। अहिले न्यायाधीशहरु आन्तरिक छलफलमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved