सत्ता गठबन्धन बैठकमा पुग्यो सर्वोच्चको विवाद, महाअभियोगबारे भएन छलफल

बैठकले कोरोना संक्रमित प्रधानन्यायाधीश जबरालाई बिदामा बसेर न्यायालयको कामबाट विश्राम लिन सल्लाह दिएको छ। बैठकमा प्रधानन्यायाधीशले कार्यभार दिएर बिदामा जाँदा उपयुक्त हुने निष्कर्ष निकालिएको पौडेलले बताइन्।

नेपालभ्युज

सत्ता गठबन्धन बैठकमा पुग्यो सर्वोच्चको विवाद, महाअभियोगबारे भएन छलफल

काठमाडौं। सत्ता गठबन्धनको बैठक आज बसेको छ। बिहीबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठमा सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको विवादबारे औपचारिक छलफल भएको छ।

गठबन्धन बैठकमा सर्वोच्चमा प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेर नेपाल बार एशोसिएशनले धर्ना तथा आन्दोलन गरिरहेको र न्यायाधीशहरुले इजलासमा नबसेको परिस्थितिमाथि छलफल भएको छ।

बैठकमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका नेता सहभागी थिए।

बैठकमा अदालतमा देखिएको गतिरोधका विषयमा राजनीतिक दलहरुले पनि आफ्नो धारणा बनाउनुपर्ने कुरा उठेको गठबन्धन दल जनमोर्चाका नेता दुर्गा पौडेलले जानकारी दिइन्।

गठबन्धन बैठकमा प्रधानन्यायाधीश जबरालाई महाअभियोज लगाउने विषय उठे पनि छलफल भने हुन सकेन। कांग्रेसको प्रदेश अधिवेशनको समय परेको र माओवादी केन्द्रको सम्मेलन तयारीका कारण समय अभाव भएको भन्दै महाअभियोगबारे छलफल नभएको हो।

बैठकले कोरोना संक्रमित प्रधानन्यायाधीश जबरालाई बिदामा बसेर न्यायालयको कामबाट विश्राम लिन सल्लाह दिएको छ। बैठकमा प्रधानन्यायाधीशले कार्यभार दिएर बिदामा जाँदा उपयुक्त हुने निष्कर्ष निकालिएको पौडेलले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved