हिमपातपछि हुम्लामा बढ्यो चिसो, तापक्रम माइनस पाँच डिग्री

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा दोस्रो पटक हिमपात भएको छ। उच्च भेगमा पर्ने उत्तरी नाम्खा गाउँपालिकामा बिहानैदेखि हिमपात शुरु भएको छ।

नेपालभ्युज

हिमपातपछि हुम्लामा बढ्यो चिसो, तापक्रम माइनस पाँच डिग्री
फाइल फोटो।

सिमकोट। हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो।

आज (बिहीबार) बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो। हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ। मौसम परिवर्तनसँगै आजदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ।

चिसो मौसम शुरु भएसँगै दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ। चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेका छन्। चिसोको समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडाको बढी खपत हुने गर्छ।

सिमकोटस्थित पसलमा बाक्लो कपडाको बिक्रीसमेत बढेको छ। चिसोको समय शुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउरासमेत खरिद गर्ने गर्दछन्। चिसो याम शुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा दोस्रो पटक हिमपात भएको छ। उच्च भेगमा पर्ने उत्तरी नाम्खा गाउँपालिकामा बिहानैदेखि हिमपात शुरु भएको छ।

हिमापत भएसँगै यहाँको तापक्रम माइनसमा झरेको छ। अहिले चालाको तापक्रम माइनस पाँच डिग्री पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved