पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा, हिमाली भेगमा भारी हिमपात हुने

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नेपालभ्युज

पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा, हिमाली भेगमा भारी हिमपात हुने

काठमाडौं। अहिले देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली तथा अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिनभर सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।

भोलि शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। महाशाखाका अनुसार कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागको केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।

यस्तै, १८ मंसिर शनिबार प्रदेश १ मा सामान्यदेखि पूर्णतया बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved