रंगशालामा ‘अन्य’ कार्यक्रम हुँदा सर्‍यो ए डिभिजन लिग

यसअघि सार्वजनिक खेल तालिकाअनुसार २० मंसिरमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब तथा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुने तय थियो।

नेपालभ्युज

रंगशालामा ‘अन्य’ कार्यक्रम हुँदा सर्‍यो ए डिभिजन लिग

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेल तालिकामा परिवर्तन भएको छ। तेस्रो चरणका दुई खेल निर्धारित मितिभन्दा पर सरेका छन्।

आगामी २० मंसिरका लागि तय भएका दुई खेलको मिति परिवर्तन भएको हो। अन्य कार्यक्रम भएका कारण दशरथ रंगशाला व्यस्त भएको भन्दै अखिल नेपाल फुटबल संघ एन्फाले खेलको मिति परिवर्तन गरेको हो।

यसअघि सार्वजनिक खेल तालिकाअनुसार २० मंसिरमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब तथा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुने तय थियो। अब यी दुवै खेल २२ मंसिरमा हुनेछन्।

१४ क्लबबीच कुल ९१ खेल हुने ए डिभिजन लिगको तेस्रो चरणको खेल १७ मंसिरदेखि शुरु हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved