जब यात्रुले धकेले जहाजलाई

विमानलाई धकेलेर गुडाएको देख्नुभएको छैन होला। जुन भिडियो सामाजिक सञ्जाल फेसबुक, ट्विटर र टिकटकमा समेत भाइरल भैसकेको छ। तपाईँको स्क्रिनमा नआइसकेको भए छिट्टै आउने छ होला।

नेपालभ्युज

1022846121948601

काठमाडौँ। सडकमा मानिसहरूले बस, ट्रक, कार वा मोटरसाइकल धकेलेको त सबैले देखेकै छौँ। स्थल मार्गमा गुड्ने सवारीमा कुनै समस्या आएर गुड्न नसकेको खण्डमा पछाडिबाट धकेल्ने गरिन्छ। साथै उकालोमा पनि कुनै सवारी गुड्न सकेन भने धकेलेर गुडाएको पाइन्छ।

तर, विमानलाई धकेलेर गुडाएको देख्नुभएको छैन होला। यस्तै सुन्दै अचम्म लाग्ने गरी जहाजलाई धेरै यात्रुहरूले गुडाएर रनवेबाट हटाएका छन्। तर, जहाजलाई धकेलेर उडाइएको भने होइन। यो घटना नेपालकै हो। जुन भिडियो सामाजिक सञ्जाल फेसबुक, ट्विटर र टिकटकमा समेत भाइरल भैसकेको छ। तपाईँको स्क्रिनमा नआइसकेको भए छिट्टै आउने छ होला।

बुधबार दिउँसो १ बजे बाजुराको कोल्टी विमानस्थलमा अवतरणको क्रममा जहाजको टायर पन्चर भएपछि यात्रुले जहाजलाई आफैँ धकेलेर रनवे खाली गराएका छन्। हुम्लाबाट नेपालगन्जका लागि उडेको यती एयरको जहाज बाजुरामा रहेका यात्रु लिन कोल्टी विमानस्थल अवतरण गर्ने क्रममा जहाजको टायर पन्चर भयो।

जहाजको टायर ‘फ्लाट’ भएपछि त्यहाँ अरू जहाज अवतरण गराउन रनवे खाली गराउनलाई जहाज तान्ने उपकरण नभएकाले मानिसले नै धकेलेका हुन्। यती एयरका प्रवक्ता सुदर्शन बर्तौलाले भने ‘‘अरू जहाज अवतरण गराउनुपर्ने थियो। त्यसका लागि रनवेबाट जहाज हटाउन उपकरण नभएका कारण यात्रुले जहाज धकेल्नुपरेको हो।’’ जहाजलाई धकेलेर साइड लगाउन धेरै यात्रुको सहायता चाहियो। जहाज धलेलेको भिडियो खगेन्द्र खड्काले टिकटकमा दिउँसो अपलोड गरेका थिए। क्षणभरमै सो भिडियो भाइरल भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved