जेनोबटस्, जसले अर्को रोबोट्स पैदा गर्ने क्षमता राख्छ

अफ्रिकामा पाइने ‘जेनोपस लेभिस’ प्रजातीको भ्यागुतोको स्टिम सेल्सबाट यी रोबोट्स तयार गरिएको थियो।

नेपालभ्युज

जेनोबटस्, जसले अर्को रोबोट्स पैदा गर्ने क्षमता राख्छ

विश्वको पहिलो जीवित रोबोट्समा प्रजनन क्षमतासमेत रहेको वैज्ञानिकहरुले बताएका छन्। जेनोबट्स नामक यस रोबोट्स निर्माण गर्ने वैज्ञानिकहरूले यस्तो खुलासा गरेका हुन्। २०२० को जनवरीमा यी रोबट्सहरुलाई सार्वजनिक गरिएको थियो। यी रोबट्सहरु हिँड्न, समूहमा काम गर्न र चोट लागेको अवस्थामा आफैंलाई निको पार्न सक्षम रहेको त्यतिबेलै बताइएको थियो। भर्खरै, यस रोबोट्सका निर्माता वैज्ञानिहरुले यो रोबोटले नयाँ रोबोट्स तयार गर्ने सामथ्र्य समेत राख्ने जनाएका छन्।

मानिस र जनावरमा हुने प्रजजन प्रक्रियाभन्दा यसले अन्य रोबोट तयार गर्ने प्रक्रिया फरक रहेको पनि उनीहरुले बताएका छन्। ‘म यसबाट छक परेको छु,’ टफ्ट्स विश्वविद्यालयअन्तर्गतको एल्लन डिस्कोभर सेन्टरका निर्देशक तथा बायोलोजीका प्रोफेसर माइकल लेभिनले भने।

यो रोबोटले आफुलाई क्षति पुगेको अवस्थामा फेरि आफैं मर्मत गर्नसक्ने जानकारी गत वर्ष नै बाहिर आएको थियो। भ्यागुतोको स्टिम सेल्स प्रयोग गरेर यी रोबोट्स तयार गरिएको हो।

अफ्रिकामा पाइने ‘जेनोपस लेभिस’ प्रजातीको भ्यागुतोको स्टिम सेल्सबाट यी रोबोट्स तयार गरिएको थियो। त्यसैले यसलाई जेनोबट्स नाम दिइयो।

यी रोबोट्सहरु ० दशमलव ०४ इन्च फराकिला छन् र सहजै मानव शरीरभित्र घुस्न र घुम्न सक्छन्। उनीहरुले हिंड्न, पौडन, खाद्यान्न बिना नै हप्तौंसम्म बाँच्न र समूहमा काम गर्नसक्छन्।

‘‘यीनीहरु पूर्ण रुपमा नयाँ जैविक स्वरुप हुन्,‘‘ भेर्मन्ट विश्वविद्यालयले जनाएको छ। यस विश्वविद्यालयले टफ्ट्स विश्वविद्यालयको एलन डिस्कोभर सेन्टरसँग मिलेर रिसर्च गरेको थियो।

स्टिम सेल्सहरु त्यस्ता सेल्स हुन्, जोसँग विविध सेल स्वरुपमा विकसित हुनसक्ने क्षमता हुन्छ। यी रोबोट्समा आफैं निको हुनसक्ने क्षमता छ। जब वैज्ञानिकहरुले अनुसन्धानका क्रममा एउटा रोबोट्सलाई काटेका थिए, तब यसले आफैंलाई निको बनाएर हिंड्न थाल्यो।

‘‘उनीहरु आदर्श जैविक मेसिन हुन्,’’ भेर्मोन्ट विश्वविद्यालयका एक अग्रणी अनुसन्धानकर्ता जोसुवा बोन्गार्डले प्रेस विज्ञप्तिमा उल्लेख गरेकी थिइन्,‘‘ उनीहरु न त परम्परागत रोबोट हुन्। न कुनै जनावरको चिनिएको प्रजाती हुन्। यो आर्टिफ्याक्टको नयाँ वर्ग हो।’‘
_ सिएनएनबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved