प्रचण्डले भने– महाअभियोग लगाउने विषयमा गठबन्धनमा छलफल हुन्छ

बुधबार नेपाल बार एशोसियसनका पदाधिकारीसँगको भेटमा प्रचण्डले न्यायालयले आफैँले विवाद समाधान गर्न नसकेकाले दलहरूबीच यसबारे छलफल गर्न लागेको बताए।

नेपालभ्युज

प्रचण्डले भने– महाअभियोग लगाउने विषयमा गठबन्धनमा छलफल हुन्छ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने विषयमा सत्ता गठबन्धनभित्र छलफल हुने बताएका छन्। बुधबार नेपाल बार एशोसियसनका पदाधिकारीसँगको भेटमा प्रचण्डले न्यायालय आफैँले विवाद समाधान गर्न नसकेकाले दलहरूबीच यसबारे छलफल गर्न लागेको बताए।

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै बारले प्रचण्डलाई भेटेको हो। यसअघि बारले प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटालगायतलाई भेटेर न्यायालयको समस्यामा निकास खोज्न आग्रह गरेको थियो। बुधबार प्रचण्डसँगको भेटमा पनि बारले सोही विषयमा ध्यानाकर्षण गराएको हो।

जवाफमा प्रचण्डले ‘न्यायालयको समस्या अझै समाधान नभएकोप्रति ध्यानाकर्षण भएको बताउँदै महाअभियोगको बारेमा छलफल गर्ने बताएका छलफलमा सहभागी एक सदस्यले बताए। उनले भने ‘‘न्यायालयलाई स्वतन्त्र निष्पक्ष रुपमा राख्न हाम्रो भूमिका हुन्छ। हामीले उहाँहरूलाई आफैँ समस्या हल गर्न भनेका हौँ। तर,उहाँबाट समाधान नभएकाले सत्ता गठबन्धनबीचमा यसबारेमा छलफल गर्छौ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved