कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ।

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ।

गठबन्धन र राप्रपासहित चार दलको तर्फबाट मुख्यमन्त्री शाहीले २२ मत पाए। नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ३, कांग्रेसका ६ र राप्रपाका १ जनाले उनलाई विश्वासको मत दिएको छन्।

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन नगरेको राप्रपाले कांग्रेस नेतृत्वको सरकारलाई भने समर्थन गरेको छ। बैठकमा प्रमुख प्रतिपक्ष एमाले अनुपस्थित रह्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved