राप्रपा महाधिवेशनमा माधव नेपाल – परिवर्तनको गति रोक्ने र पछाडि धकेल्ने काम नगर्नुस्

नेपालभ्युज

राप्रपा महाधिवेशनमा माधव नेपाल – परिवर्तनको गति रोक्ने र पछाडि धकेल्ने काम नगर्नुस्
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन्।

राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाको आज(१५ मंसीर)देखि काठमाडौंमा शुरु राप्रपाको एकता महाधिवेशनमा बोल्दै उनले राप्रपाले उठाएको राष्ट्रियताको झण्डा उठाइ राख्न तर नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढ्न सुझाव दिए।

नेपालमा जातीय सद्भाव र राष्ट्रिय एकता रहेको औंल्याउँदै उनले सोहीअनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए। नेपालको इतिहास पछाडि नजाने बताउँदै उनले अग्रगमनबाट अघि बढ्न राप्रपाको नेतृत्वलाई सुझाव दिए।

आन्तरिक मामिलामा बाह्य हस्तक्षेप बढेकाले त्यो कसरी रोक्ने भन्ने विषयमा एकतावद्ध हुनुपर्ने उनको भनाइ थियो। अहिले पनि राज्यका अंगमा विदेशीले हस्तक्षेप गर्न खोजेकोमा त्यो रोकिनुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved