महेन्द्रको राष्ट्रवादी कदमको विरोध गर्नु गलत थियो : मैनाली

नेपालभ्युज

महेन्द्रको राष्ट्रवादी कदमको विरोध गर्नु गलत थियो : मैनाली
सीपी मैनाली, महासचिव, नेकपा माले

काठमाडौं। नेकपा मालेका महासचिव सीपी मैनालीले महेन्द्रको राष्ट्रवादी कदमको विरोध गर्नु गलत भएको बताएका छन्।

आजदेखि काठमाडौंमा शुरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) एकताको महाधिवेशनमा बोल्दै उनले नेपाललाई भूटान बन्नबाट रोक्ने काम पृथ्वीनारायण शाहपछि कसैले गरेको भए त्यो महेन्द्रले गरेको भन्दै महेन्द्र राष्ट्रवादी भएको बताए।

‘‘महेन्द्र राष्ट्रवादी हुन्, उनको राजनीतिक कदम भने दक्षिणपन्थी थियो । तर महेन्द्रको राष्ट्रवादी कदमको विरोध गर्नु गतल थियो,” उनले भने। २०४६ पछिका परिवर्तन बाह्य हस्तक्षेसहितको परिवर्तन भएको र २०५२ को जनयुद्धपछि गम्भीर रूपमा विदेशी हस्तक्षेप भित्रिएको उनले बताए।

प्रजातन्त्रको नाममा भारतीय र युरोपेली युनियन आएर सरकारले त्यसयता कुनै पनि राष्ट्रवादी काम गर्न नसकेको आरोप उनले लगाए। विदेशी हस्तक्षेपले नेपाललाई कजाएर कमजोर बनाएकाले इतिहासको तथ्यलाई आधार बनाएर विरोध गर्नुपर्ने उनले बताए।

भारतले सीमा अतिक्रमण गर्दै वार्ता समेत गर्न नचाहेकाले बाह्य हस्तक्षेपकाविरुद्ध सबै शक्ति एक हुनुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved