नाइजेरियामा पनि भेटियो ओमिक्रोन

दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रुमध्ये एक जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।

नेपालभ्युज

नाइजेरियामा पनि भेटियो ओमिक्रोन

अबुजा।  कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ। अफ्रिकी देशहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोन संक्रमित पहिलो बिरामी भेटिएका हुन्।

दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रुमध्ये एक जनामा ओमिक्रोनको स‌ंक्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन्।

नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख आइफेडायो अडेटीफाले भने, “हामीले गरेको परीक्षणबाट नाइजेरियामा पहिलो ओमिक्रोन संक्रमित भेटिएको छ।” उनले ती संक्रमित व्यक्तिसँग सम्पर्कमा आएकाहरूको खोजी गरी उनीहरूलाई आइसोलेसनमा राखेर परीक्षण समेत गर्न लागिएको जानकारी दिए।

“ओमिक्रोन विश्वभरीको चासो र सरोकारको विषय हो, त्यसैले पनि हामीले सतर्कता अपनाउनु र थप फैलिनबाट रोक्नु पर्दछ,” उनले भने। नाइजेरियामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई हजार ९७६ जनाको मृत्यु भएको र दुई लाख १४ हजार ११३ जना संक्रमित भएको अधिकारीहरूले जनाएका छन्।

तर कतिपयले भने सरकारी अधिकारीहरूले दिएको विवरण भन्दा धेरैको मृत्यु भएको र त्यो भन्दा धेरै संक्रमित भएको दाबी गरेका छन्।

कोरोना भाइरसको परीक्षण निकै कम मात्रै भएकाले पनि संक्रमित भएका र मृत्यु भएकाहरूको विवरण कम देखिएको उनीहरूको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved