सर्वोच्चका न्यायाधीशले त्यागे इजलास

प्रधानन्यायाधीश नभएको अवस्थामा कायममुकायम प्रधानन्यायाधीश नतोकी गोलाप्रथामा गएको भन्दै बारले आपत्ति जनाएपछि न्यायाधीशहरूले इजलास त्यागेका हुन्।

नेपालभ्युज

सर्वोच्चका न्यायाधीशले त्यागे इजलास

काठमाडौं। नेपालको न्यायालयको ७० वर्षे इतिहासमै पहिलोपटक गोलाप्रथाबाट तोकिएको पेशीअनुसार मुद्दा हेरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास परित्याग गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनरत नेपाल बार एशोसिएशनले प्रक्रियासंगत नभएको भन्दै आपत्ति जनाएपछि न्यायाधीशहरूले इजलास त्यागेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार बारले कायममुकायम प्रधानन्यायाधीश नतोकी गोलाप्रथामा गएकाले आपत्ति जनाएको हो।

“नेपालको संविधानको धारा १२९ को उपधारा ६ अनुसार प्रधानन्यायाधीश नहुँदा कायममुकायम प्रधानन्यायाधीशले काम गर्ने व्यवस्था छ। तर कायममुकायम प्रधानन्यायाधीश नै नतोकी काम गर्दा गोला कसले, कसरी रूजु गर्ने भन्ने प्रश्न बारले उठाएपछि न्यायाधीशहरूले इजलास स्थगित गर्नुभएको हो”, स्रोतले भन्यो।

कोभिड संक्रमण भएपछि प्रधानन्यायाधीश जबरा १३ मंसीरको साँझ सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा भर्ना भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved