कांग्रेस महाधिवेशन: ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

कांग्रेसको आगामी १७ र १८ मंसिरमा एकैसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन हुँदैछ। कांग्रेसको केन्द्रीय महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुँदैछ।

नेपालभ्युज

कांग्रेस महाधिवेशन: ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौं। नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत १७ र १८ मंसिरान हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो।

कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाहेक सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए।

“सर्लाहीको चार निर्वाचन क्षेत्रको आठ प्रदेशसभा अधिवेशन आजै सम्पन्न गर्ने गरी निर्वाचन समितिले काम गरिरहेको छ”, घिमिरेले भने। देशभर १६५ संघीय निर्वाचन क्षेत्रको ३३० प्रदेशसभा निर्वाचन क्षेत्र छ।

कांग्रेस क्रियाशील सदस्यको विवादका कारण सर्लाही र रसुवाको वडा अधिवेशन ढिला गरी शुरु भएको थियो। १४ औँ महाधिवेशनअन्तर्गत ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ।

कांग्रेसको आगामी १७ र १८ मंसिरमा एकैसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन हुँदैछ। कांग्रेसको केन्द्रीय महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved