दशौँ महाधिवेशनमा ‘टिम ओली’मा नपरेका लालबाबुले सम्झिए महाभारत र इतिहास

दशौँ महाधिवेशनमा ‘टिम ओली’मा नपरेका उनै पण्डितले बुधबार बिहानै एउटा स्टाटस लेख्दै धार्मिक पात्र गंगापुत्र भीष्मलाई सम्झिएका छन्। महाभारत र इतिहास सबैले पढ्नुपर्ने पण्डितले भनेका छन्।

नेपालभ्युज

दशौँ महाधिवेशनमा ‘टिम ओली’मा नपरेका लालबाबुले सम्झिए महाभारत र इतिहास

काठमाडौं। नेकपा एमालेले भर्खरै दशौँ महाधिवेशन सकेको छ। चितवनको सौराहबाट नयाँ कार्यसमिति चयर गरे फर्केको एमालेको यसपटकको केन्द्रीय समितिमा लालबाबु पण्डितको नाम छैन।

पार्टी उपाध्यक्षको दाबी गरेका पण्डितले सदस्यमा मात्रै बस्नुपर्ने भएपछि आफू टिम बाहिर रहने भन्दै कुनै कार्यकारी पदमा नरहेको घोषणा गरेका थिए। उनले सदस्य पदमा पनि नबस्ने भन्दै चुनाव हुनुअघि नै सौराह छाडेका थिए।

दशौँ महाधिवेशनमा ‘टिम ओली’मा नपरेका उनै पण्डितले बुधबार बिहानै एउटा स्टाटस लेख्दै धार्मिक पात्र गंगापुत्र भीष्मलाई सम्झिएका छन्। महाभारत र इतिहास सबैले पढ्नुपर्ने पण्डितले भनेका छन्।

भीष्मले राज्य सत्ताको लागि पवित्र विचार राखेर अघि बढे पनि आफ्नै वंशका आफ्नै प्रिय पात्रबाट दुखदायी मृत्युवरण गर्नुपरेको पण्डितले उल्लेख गरेका छन्। महाधिवेशनमा आफू उपाध्यक्ष बन्न नपाएको अवस्थालाई उनले भीष्मको मृत्युवरणको घटनासँग जोड्न खोजेको प्रष्टै बुझ्न सकिन्छ।

पण्डितले लेखेका छन्, ‘गंगापुत्र भीष्म रास्ट्र र वंशीय राज्य सत्ताको लागि जति नै पवित्र विचार राखेर अघि बढ़े पनि आफ्नै वंशका आफ्नै प्रिय पात्रबाट अति नै दुखदायी मृत्युवरण गर्नु परेको इतिहास साक्षी रहेको छ । त्यसैले महाभारत र इतिहास पढनुको साथै समझनु जरूरी रहेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved