पश्चिमी भेगमा केही दिन वर्षासहित भारी हिमपात हुनसक्ने

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ।

नेपालभ्युज

पश्चिमी भेगमा केही दिन वर्षासहित भारी हिमपात हुनसक्ने

काठमाडौं। अहिले देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिनभर सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षा उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि बिहीबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, १५ मंसिर शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। पहाडी भू-भागको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved