ओलीलाई भट्टराईको बधाई

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेको अध्यक्षमा पुन: निर्वाचित केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बधाई दिएका छन्।

एमालेको १० औँ महाधिवेशनमा आगामी ५ वर्षको नेतृत्वका लागि मंगलबार भएको निर्वाचनमा ओली १८ सय ३७ मतसहित विजय भएपछि भट्टराईले ट्विटमार्फत बधाई दिएका हुन्।

उनले ओली र ओलीको टिमलाई बधाई ज्ञापन गर्दै विगतको गलत विचारबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दलको भूमिका खेल्न शुभकामना व्यक्त गरेका छन्।

‘‘नेकपा (एमाले) महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र वहाँको टिमलाई हार्दिक बधाई! विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना!”, उनले लेखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved