दशौँ महाधिवेशनबाट एमालेमा ओलीलाई सुविधाजनक टिम

पूर्वमाओवादी नेताहरूको उत्साहपूर्ण सहभागिता 

पदाधिकारीसहित केन्द्रीय कमिटीमा पनि ओलीले नै चाहेका व्यक्तिहरू आएका छन्। महाधिवेशनमा प्रतिनिधिहरूले मतदान गरे पनि ओलीले चाहेअनुसारका पदाधिकारी तथा केन्द्रीय सदस्य विजयी भएका छन्।

नेपालभ्युज

दशौँ महाधिवेशनबाट एमालेमा ओलीलाई सुविधाजनक टिम

काठमाडौं। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी भीम रावललाई पराजित गरेका हुन्। ओलीको यो दोस्रो कार्यकाल हो। यसअघि २०७१ मा काठमाडौंमा भएको नवौँ महाधिवेशनमा ओलीले माधवकुमार नेपाललाई पराजित गरेका थिए।

पदाधिकारीसहित केन्द्रीय कमिटीमा पनि ओलीले नै चाहेका व्यक्तिहरू आएका छन्। सर्वसम्मती भन्दै ओलीले वाचन गरेको टिमलाई मनोनयन गर्ने ओली पक्षको प्रयत्न भए पनि भीम रावल, घनश्याम भूसाल लगायतले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो। निर्वाचनबाट ओलीले चाहे अनुसारका पदाधिकारी र केन्द्रीय सदस्यमा विजयी भएका छन्। ओलीका काम र क्रियाकलापको आलोचना गर्दै आएका नेताहरू भने विभिन्न पदमा पराजित भएका छन्।

यस्तो छ ओली नेतृत्वको एमालेको नयाँ पदाधिकारी टिमः

अध्यक्ष – केपी शर्मा ओली

वरिष्ठ उपाध्यक्ष – ईश्वर पोखरेल

उपाध्यक्ष – अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा ‘बादल’

महासचिव – शंकर पोखरेल

उपमहासचिव – पृथ्वीसुब्बा गुरूङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल।

सचिव – गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट।

उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भूसाल पराजित भए।

सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंकप्रसाद कार्की पनि पराजित भए।

पराजित हुनेहरू यसअघि ओलीले सर्वसम्मत भन्दै छनौट गरेको नाममा असहमति जनाएर उम्मेदवारी दिनेहरू हुन्। यस्तै, पार्टीभित्रको संघर्षमा माधवकुमार नेपाललाई साथ दिँदै आएका तर विभाजन हुने अवस्थामा ओलीतिर लागेका अर्का नेताहरू विष्ट र भट्टराईले सचिव पदमा निर्वाचनबाट विजय भएका हुन्।

यस्तै एमालेमा लागेका पूर्वमाओवादी नेताहरूको यो महाधिवेशनबाट सम्मानजनक मात्र नभएर उत्साहपूर्ण सहभागिता देखिन्छ। पदाधिकारीमा पूर्वमाओवादी पृष्ठभूमिका तीन जना समेटिए। रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष, लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव भएका हुन्। उनीहरू सबै अध्यक्ष ओलीले सहमतिका लागि घोषणा सूचीमा परेका थिए। पछि सर्वसम्मत नभएपछि मतदानबाट निर्वाचित भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved