एमाले महाधिवेशन

चुनावपछि ठूलो जनादेशसहित फर्किने उद्घोषसहित सकियो एमाले महाधिवेशन

एमाले सरकार ढाल्न न्यायालयमा सेटिङ भएको परिणाम अहिले देखिएको ठहर

आउँदो तीनै तहका चुनावमा धेरै जनादेशसहित राज्यको नेतृत्वदायी पार्टीको रुपमा स्थापित हुने उद्घोषका साथ एमालेको १० औँ महाधिवेशन सकिएको हो। 

नेपालभ्युज

चुनावपछि ठूलो जनादेशसहित फर्किने उद्घोषसहित सकियो एमाले महाधिवेशन

काठमाडौं। जस्तोसुकै गठबन्धन बने पनि ती शक्तिसँग जुधेर पहिलो शक्ति बन्ने सङ्कल्पका साथ एमालेको महाधिवेशन सकिएको छ। आउँदो तीनै तहका चुनावमा धेरै जनादेशसहित राज्यको नेतृत्वदायी पार्टीको रुपमा स्थापित हुने उद्घोषका साथ एमालेको १० औँ महाधिवेशन सकिएको हो।

मंगलबार सम्पन्न १० औँ महाधिवेशनले १७ बुँदे प्रस्ताव पारित गरेको छ। सो बुँदामा विभिन्न उद्घोष गरिएको छ। महाधिवेशनले एमाले नेतृत्वको सरकार ढाल्नको लागि न्यायालयमा सेटिङ भएको प्रस्ट देखिएको निष्कर्ष निकालेको छ। प्रस्तावको ९ औँ बुँदामा सर्वोच्चको परमादेश न्यायालयमा देखिएको सेटिङको परिणाम भएको उल्लेख छ। अहिले देखिएको विवाद त्यसैको परिणाम भएको ठहर गरिएको छ।

महाधिवेशनले अहिले राज्यका तीन वटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गरेको छ। तीन वटा अंगबीच विश्वास गुम्दै गएको उल्लेख गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदमुक्त गर्नुपर्ने माग सहित नेपाल बार एसोसिएशनले गरेको आन्दोलनका कारण हजारौं नागरिकको न्याय पाउने हक खोसिएको एमालेको निचोड छ।

“सर्वोच्च अदालतभित्र देखिएको बेथिति, अराजकता र जनताको न्याय पाउने हकको हननप्रति महाधिवेशन खेद व्यक्त गर्दछ” एमालेले भनेको छ, “संकटकालमा समेत रोक्न नपाउने बन्दी प्रत्यक्षीकरण जस्तो मौलिक अधिकारको पनि हनन भएको छ।”

२९ असारमा सर्वोच्च अदालतले गरेको सरकार गठन सम्बन्धी फैसला मिलोमतोको परिणाम थियो भन्ने पुष्टि भएको एमालेको दाबी छ।

महाधिवेशनले महाधिवेशनले एमालेले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम गर्न सरकारका ध्यानाकर्षण गराएको छ।

दशौँ महाधिवेशनले पारित गरेका प्रस्ताव

१ सहिदप्रति श्रद्धाञ्जली

२ पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी, प्रथम जन निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति उच्च सम्मान श्रद्धा सुमन अर्पण

३ नवौँ महाधिवेशन यता दिवङ्गत भएका नेता कार्यकर्ताप्रति श्रद्धाञ्जली अर्पण

४ महिला हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता

५ जनविरोधी काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण

६  बेमौसमी वर्षाका पीडितलाई राहतको जोडदार माग

७ शान्ति प्रक्रिया छिटो टुङ्ग्याउन र पीडितलाई परिपूरणको व्यवस्था गर्न माग

८ परराष्ट्र नीतिमा गठबन्धनको सरकारका परस्पर विरोधी नीतिको विरोध

९ नागरिक न्याय पाउने अधिकार वञ्चित भएकोप्रति निन्दा

१० नेपाल विकासशील मुलुकका स्तरउन्ती भएकोमा राष्ट्र संघलाई धन्यवाद

११ एमाले १० औँ महाधिवेशन भएका पदाधिकारीलाई धन्यवाद

१२ समावेशी पार्टी बनाएर लैजाने संकल्प

१३ निर्वाचनको तयारीमा लाग्न र संगठन विस्तारमा लाग्न निर्देशन

१४ राष्ट्र र जनताको हितमा प्रभावकारी भूमिका खेल्ने

१५ जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने कुरा नारालाई आत्मा साथ गर्ने

१६ राष्ट्रिय स्थायित्वका लागि एमालेमा आबद्ध हुन आह्वान हुन आग्रह

१७ महाधिवेशनमा सहभागी सबैलाई हार्दिक आभार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved