दलहरूले महाधिवेशनका नाममा चुनावको तयारी गरे: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले सबै पार्टीहरूले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको बताएका छन्।

नेपालभ्युज

दलहरूले महाधिवेशनका नाममा चुनावको तयारी गरे: प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले सबै पार्टीहरूले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको बताएका छन्।अन्य पार्टीहरू चुनावमा जुटेकाले आफ्नो पार्टी पनि चुनावको तयारीमा जुट्न लागेको बताए ।

बुटवलमा मंगलबार आयोजित पार्टीका नेता रामप्रसाद बन्जाडे टंकमणिको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पनि त्यसको तयारी गरिरहेको जानकारी दिए ।

प्रचण्डले तीनै तहको चुनावका लागि अहिलेदेखि नै सक्रियतापूर्वक लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।

उनले भने ‘‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरुरी छ ।’’ उनले समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबिच सहकार्य जरुरी रहेको जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved