एमाले अध्यक्षमा ओली जित नजिक

सबै मत परिणाम एकैपटक सार्वजनिक गर्ने तयारी

मत गणनामा शूरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली विजय नजिक छन्।

नेपालभ्युज

एमाले अध्यक्षमा ओली जित नजिक

चितवन। नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। मत गणनामा शूरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली विजय नजिक छन्।

निर्वाचन समितिले दिएको पछिल्लो जानकारीअनुसार ओलीले १५०९ मत पाउँदा अर्का प्रत्याशी भीम रावलले १ सय २३ मत पाएका छन्। यस्तै उपाध्यक्षमा सबैभन्दा थोरै मत घनश्याम भुसालको छ। अध्यक्ष ओली पक्षका राबहादुर थापा बादलले ४ सय मत पाउँदा घनश्याम भुसालले ६१ मत पाएका छन्।

अहिलेको महाधिवेशनमा पार्टीभित्र एकछत्र प्रभाव भए पनि सर्वसम्मत नेतृत्व चयनको प्रयासमा लागेका ओली सफल नभएपछि निर्वाचन भएको हो।

केन्द्रीय निर्वाचन समितिका संयोजक विजय सुब्बाका अनुसार मत गणना जारी  छ। चरणबद्ध रूपमा नभई एकै पटक सबै मत परिणाम सार्वजनिक गर्ने तयारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved