ओमिक्रोनको त्रास

ओमिक्रोनबाट नआत्तिन बाइडेनको आग्रह

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार अहिलेसम्म झन्डै ४ करोड ७० लाख अमेरिकी वयस्कहरुले खोप लगाएका छैनन् । गत सोमबारदेखि अमेरिकाले दक्षिण अफ्रिका र अन्य सात अफ्रिकी देशहरुबाट आउन यात्रुलाई प्रतिबन्ध लगाएको छ ।

नेपालभ्युज

ओमिक्रोनबाट नआत्तिन बाइडेनको आग्रह

एजेन्सी : नयाँ ओमिक्रोन कोरोना भाइरस भेरिएन्टले खतराको संकेत गरिरहेको समय अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड १९ को खोप लिन सर्वसाधारणसँग आग्रह गरेका छन् ।

यस भेरिएन्टलाई गम्भिरतापूर्वक लिन आग्रह गरेपनि राष्ट्रपति बाइडेनले त्रसित नहुन आग्रह गरे । अमेरिकाका शीर्ष स्वास्थ अधिकारीहरुले ओमिक्रोनको म्युटेसनबारे सम्भावित जानकारी लिनका लागि अग्रणी खोप निर्माताहरुसँग परामर्श गरिरहेको बाइडेनले बताए ।

लकडाउन वा भ्रमण प्रतिबन्ध नलगाई ओमिक्रोनको संभावित फैलावटलाई रोक्नका लागि अमेरिका राम्रो अवस्थामा रहेको दाबी पनि उनले गरे । यस भाइरसका कारण अहिले आठवटा अफ्रिकी देशहरुमा लकडाउन भइसकेको छ ।

‘यो भेरिएन्ट पक्कै पनि चिन्ताको विषय हो, तर पिडाको विषय होइन,’ उनले भने,‘यदी तपाईले खोप लगाउनुभएको छ र अझै पनि नयाँ भेरिएन्टको चिन्ता छ भने बुस्टर खोप लिनुस् । यदी खोप लगाउनुभएको छैन भने चाडैं पहिलो डोज लिनुस् ।’

अहिलेको खोपले नयाँ भेरिएन्टविरुद्ध काम गर्ने आफ्ना प्रमुख स्वास्थ सल्लाहकार डाक्टर एन्थोनी फाउचीको अपेक्षा रहेको पनि उनले बताए । बुस्टर डोज लगाउँदा सुरक्षा थप बढ्ने फाउचीले बताएको पनि उनले सुनाए ।

‘हामी यो भेरिएन्टविरुद्ध वैज्ञानिक कदम र तिव्रतासहित लड्नेछौं । अस्थिरता र दुविधाले होइन,’ बाइडेनले भने । यसै महिनाको सुरुवातमा अमेरिकाले सबै वयस्कहरुलाई बुस्टर सट लगाउन सिफारिस गरेको थियो ।

जबकी, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार अहिलेसम्म झन्डै ४ करोड ७० लाख अमेरिकी वयस्कहरुले खोप लगाएका छैनन् । गत सोमबारदेखि अमेरिकाले दक्षिण अफ्रिका र अन्य सात अफ्रिकी देशहरुबाट आउन यात्रुलाई प्रतिबन्ध लगाएको छ ।

पछिल्ला केही दिन ओमिक्रोनको त्रास बढेपछि विश्वका धेरै देशहरुले भ्रमण प्रतिबन्ध लगाइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved