एमाले महाधिवेशन- मतगणना जारी, ओली ३५८ मतले अगाडि

नेपालभ्युज

एमाले महाधिवेशन- मतगणना जारी, ओली ३५८ मतले अगाडि

चितवन। नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत भएको मतदानको गणना जारी छ।

मंगलबार दिउँसो १ बजे शुरु भएको मतगणनामा  अध्यक्षकाे प्रतिस्पर्धामा ओलीले ३५८ मतले अग्रता लिएका छन्। उनले ४ सय मत ल्याउँदा उनका प्रतिस्पर्धी भीम रावलले ४२ मत मात्रै ल्याएका छन्। दुई हजार १५३ मतदाता रहेकोमा निर्वाचनमा २ हजार ८१ जनाले मतदान गरेका छन्।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। करीब एक घण्टामा मत परिणाम आउने अपेक्षा छ।

विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको व्यवस्था गरिएको थियो। एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved