राजेन्द्र लिङ्देनलाई राप्रपा अध्यक्ष लोहनीको साथ

लोहनीले अहिले राप्रपाका अध्यक्ष रहेका कमल थापा र पशुपति शम्शेर जबरालाई पनि सहमतिमा लिङ्देनलाई नै अध्यक्ष बनाउनका लागि आग्रह गरेका छन्।

नेपालभ्युज

राजेन्द्र लिङ्देनलाई राप्रपा अध्यक्ष लोहनीको साथ
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले आगामी महाधिवेशमा आफू अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताएका छन्। लोहनीले आफ्नो समर्थन अध्यक्षका दाबेदार राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन्।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लोहनीले आफू अध्यक्षको उम्मेदवार नबन्ने र युवा उम्मेदवार लिङ्देनलाई आफ्नो समर्थन रहेको बताए। उनले आफू पार्टीको कार्यकारी पदमा नरहे पनि राप्रपा र देश तथा जनताका लागि क्रियाशील रहने बताए।

लोहनीले अहिले राप्रपाका अध्यक्ष रहेका कमल थापा र पशुपति शम्शेर जबरालाई पनि सहमतिमा लिङ्देनलाई नै अध्यक्ष बनाउनका लागि आग्रह गरेका छन्। पूर्वअध्यक्षहरु अभिभावक बनेर बस्न तथा नयाँ व्यक्तिलाई अध्यक्षमा सर्वसम्मत गर्न उनले आग्रह गरे।

सात बुँदे प्रेस विज्ञप्ति निकाल्दै लोहनीले अहिले राप्रपामा नेतृत्व हस्तान्तरण आवश्यक भएकाले आफूले नेतृत्वको दाबी नगरेको बताए। महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्णय आफूलाई मान्य हुने पनि उनले बताए।

राप्रपा महाधिवेशन भोलिदेखि शुरु हुँदैछ। १७ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ। यसपटक पार्टी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापाले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

राप्रपा एकीकरण भएसँगै पार्टीमा तीन अध्यक्ष थिए। जसमध्ये लोहनी र जबराले आफू नेतृत्वमा नआउने बताइसकेका छन्। अर्का अध्यक्ष थापाले भने आफूले एक कार्यकाल पार्टी चलाउने भन्दै यसपटक अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved