परिणाम नआउँदै जितको उत्सव मनाउँदै ओली समर्थक

नेपालभ्युज

परिणाम नआउँदै जितको उत्सव मनाउँदै ओली समर्थक

चितवन। नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत आगामी ५ वर्षको नेतृत्व चयनका भएको निर्वाचनको मतगणना शुरु नहुँदै केपी ओली समर्थकहरूले जितको उत्सव मनाउन थालेका छन्।

मतगणना सकिएलगत्तै ओली समर्थकहरूले, ‘केपी ओली जिन्दावाद, आयो एमाले आयो रातो सूर्यलाई लिएर-जनता धेरै नै खुशी केपी ओलीलाई देखेर, साँच्चै राष्ट्रवादी रैछन् केपी ओली नेता-जनता पनि दिने छैनन् केपी ओलीलाई धोका’ जस्ता टुक्का मिलाउँदै ओली समर्थकहरूले उत्सव मनाएका हुन्।

बिहान ४ बजेदेखि शुरु भएको मतदान बिहान ११ बजे सकिएको थियो । २ हजार १५३ मध्ये २ हजार ८१ मत खसेको थियो। निर्वाचनको मत परिणाम २ बजेभित्र सार्वजनिक गर्ने तयारी गरिएको एमालेको निर्वाचन समितिले जनाएको छ। अहिले मुचुल्का उठाउने काम भइरहेको समितिले जनाएको छ।

सर्वसम्मत कमिटी निर्माणका लागि अन्तिमसम्म प्रयास गरे पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी प्रतिस्पर्धामा छन्। ओलीको छनोटमा नपरेका घनश्याम भूसाल उपाध्यक्षमा र  भीम आचार्य तथा टंक कार्की सचिवको प्रतिस्पार्धामा उत्रिएका छन्।

प्राविधिक अनुमान अनुसार रावलले जम्मा ३ सय मत मात्रै पाएको भन्दै ओली समर्थकहरूले उत्सव मनाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved