‘७० वर्ष र दुई कार्यकालको प्रावधानबारे समीक्षा गर्नुपर्छ’

‘७० वर्ष र दुई कार्यकालको प्रावधानबारे समीक्षा गर्नुपर्छ’

अलिकति युवा क्रान्तिकारी पुस्तालाई ठाउँ दिनुपर्छ भनेर हामीले ७० वर्षको तथा दुई कार्यकालको प्रावधान ल्याएको हो।

आठौँ महाधिवेशनमा त्यतिबेला म संगठन विभागमा नै थिएँ। नेतृत्वमा खोसाखोस, अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि एउटा वैज्ञानिक प्रणालीद्वारा हामीहरु पनि पर्खेर आउँदा पालो आउँछ भन्ने सन्देश दिनका लागि गरिएको थियो।

व्यवहारमा कति कार्यान्वयन भो, कति भएन त्यो मूल्यांकन गर्ने कुरा हो। आफूले नै पहल गरेर ल्याएको विषय भएकाले मैले यसपालि दाबी गरिनँ। यहाँको महौलमा दाबी गरेको भए कसैले विरोध गर्छ जस्तो लाग्दैन। तर मेरो नैतिकताले, आत्माले मानेन, सम्मान गर्नुपर्छ भन्ने लाग्यो।

साँच्चै नै पार्टी निर्वाचन प्रक्रियालाई, नेतृत्व निर्माण प्रक्रियालाई व्यवस्थित, वैज्ञानिक र संस्थागत गर्ने हो भने पाकोलाई सम्मान, क्रियाशीलताको हिसाबले बीचको पुस्ता र क्रान्तिकारी पुस्ताको लागि नयाँ साथीहरुलाई जिम्मेवारी दिनुपर्ने हो। व्यवहारगत रुपमा कहिले कहीँ मिलिरहेको छैन।

नेकपा एमालेमा जहाँ बसेर भएपनि आफूले भूमिका निर्वाह गर्छु। मेरो जीवनको लामो समय यहाँ विताएको छु। २०२२ सालको नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुँ, पुष्पलालबाट प्रशिक्षत हुँ।

कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त थाहा छ। यसका नेता कार्यकर्ताको व्यवहार थाहा छ। कुन आर्दशबाट जीवन व्यतित गर्नुपर्छ, त्यसबाट विचलित भएको छैन। यसलाई एकतावद्ध बनाउने, यसलाई क्रान्तिकारी बनाउने, यहाँभित्र देखिएका विसंगतिविरुद्ध आफ्नो ठाउँबाट भूमिकालाई कम हुन दिन्नँ। संगठनात्मक रुपमा नभएपनि मैले सहयोग गर्न सक्छु।

यहाँ महाधिवेशन सम्पन्न भइसकेको छैन। मैले सबै नकरात्मक टिप्पणी गर्नपनि मिल्दैन। तर यहाँ राम्रा, कति नराम्रो पक्ष देखिएको छ। यसको समीक्षा गर्नुपर्छ।

कसलाई भोट दिने र कसलाई नदिने भनेर सूची बनाउने काम गलत भयो। आठौँ महाधिवेशनमा हामीले समूहगत अभ्यास ग¥यौँ, त्यसले राम्रो नतिजा दिएन। नवौँमा समूहगत रुपमा नै उम्मेदवारीले गलत परिपाटी बस्यो। त्यसले गुटबन्दीका साथै नोक्सानी भयो। यो महाधिवेशनले त्यसको समीक्षा गर्दै अघि बढ्नुपथ्र्यो।

प्रतिस्पर्धा जनवादको सार हो, यसलाई सम्मान गर्नुपर्छ। तर प्रतिस्पर्धाको नाममा अस्वस्थ प्रतिस्पर्धा, गुटबन्दीमा विभाजित भइसकेपछि त्यसले राम्रो र नराम्रो छुट्टाउन सक्दैन। यो औपाचारिक होइन, अनौपचारिक देखिएको छ। यदि साँच्चै हो भने नेतृत्वले यसको छानबिन गर्नुपर्छ। आगामी दिनमा कडाका साथ पालना गर्नुपर्छ।

महाधिवेशन प्रतिस्पर्धाको पनि कुरा हो। पार्टीको बुहदलीय जनवादको सिद्धान्तले पार्टीको आन्तरिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्न पाइन्छ, त्यसलाई व्यवस्था गरेको छ। स्वस्थ प्रतिस्पर्धालाई सहज ढंगबाट लिनुपर्छ। प्रतिस्पर्धामा रहने साथीहरुले गुट उपगुट नभई पार्टीको आन्तरिक जीवनलाई सुदृढ बनाउने तरिकाले जानुपर्छ भन्ने लाग्छ।

(दशौँ महाधिवेशनअघि एमाले अनुशासन आयोगका अध्यक्ष रहेका बोहरासँग नेपालभ्युजकर्मी पुरुषोत्तम पौडेलले गरेको कुराकानीमा आधारित।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved