एमाले दशौँ महाधिवेशन

भीम रावल पक्षलाई भोट माग्नै त्रास

“भोलि नेतृत्वमा आउन गाह्रो होला कि भनेर खुलेर उहाँको पक्ष लिन सकिरहेका छैनन्। तर भित्रभित्रै उहाँको पक्ष लिनेहरू छन्”, विकले भने, “नेतृत्वभन्दा पनि उहाँलाई कार्यकर्ता पंक्तिले मन पराउँछन्। उहाँलाई धेरैले मत दिएको हुनुपर्छ।”

नेपालभ्युज

भीम रावल पक्षलाई भोट माग्नै त्रास

चितवन। नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत यतिबेला चितवनको सौराहमा नेतृत्व् चयनका लागि मतदान भइरहेको छ। अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धी छन्।

बन्दसत्रको हलमा ओलीले सर्वसहमतिका लागि प्रस्ताव गरेको नाम सूचीमा विरोध जनाउँदै रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि चुनावको वातावरण बनेको हो।

रावलसँगै उपाध्यक्ष पदमा घनश्याम भुसालले र सचिव पदमा भीम आचार्य तथा टंक कार्कीले पनि ओलीको सूची बाहिरबाट उम्मेदवारी दिएका छन्। अहिले पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मतदान भइरहेको छ।

सोही क्रममा रावललाई अध्यक्ष पदका लािग मत मागेका प्रतिनिधिहरुले भने आफूलाई सुरक्षित र ढुक्क महशुस गर्न सकेका छैनन्। रावल पक्षका प्रतिनिधिले आन्तरिक लोकतन्त्रमा प्रतिस्पर्धामा उत्रिएका रावललाई भोट दिन आग्रह गरिरहेका छन्।

रावलका लागि मत मागिरहेका कञ्चनपुरका प्रतिनिधि महाधिवेशन प्रतिनिधि नरबहादुर विकले रावल व्यक्ति मात्र नभएर विभारको प्रतिनिधित्व गर्ने बताए। रावलले लोकतान्त्रिक पद्दति, विधि, विधानको वकालत गरेको र पार्टीमा कसैको देवत्वरण गर्नुहुँदैन भन्ने मत राखेको विकले बताए।

“भोलि नेतृत्वमा आउन गाह्रो होला कि भनेर खुलेर उहाँको पक्ष लिन सकिरहेका छैनन्। तर भित्रभित्रै उहाँको पक्ष लिनेहरू छन्”, विकले भने, “नेतृत्वभन्दा पनि उहाँलाई कार्यकर्ता पंक्तिले मन पराउँछन्। उहाँलाई धेरैले मत दिएको हुनुपर्छ।”

मतदान स्थलको माहौल भने ओलीको पक्षमा छ। त्यहाँ रहेका प्रतिनिधिहरुले ओलीले प्रस्ताव गरेका नामहरुमा खुलेर भोट मागिरहेका छन्। तर, रावल पक्षका नेताहरु भने खुलेर भोट माग्न सकिरहेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved