एमालेको १०औं महाधिवेशन

एमाले निर्वाचन आयोग भन्छ- भोट नहाल्ने सूची बाँड्नु प्रक्रियासंगत होइन

‘नाम नबिर्सिउन् भनेर सूची बाँडिएको हो’- डा. राजन भट्टराई

“प्यानल नबनाइ निर्वाचनमा भाग नलिने भन्ने विधानमै उल्लेख छ, त्यस्तो सूची बाँडिएको छ भने प्यानलगत जानु हो, त्यो प्रक्रियासँगत हुँदैन”, आयोगका सदस्य कमल पाठकले भने।

नेपालभ्युज

एमाले निर्वाचन आयोग भन्छ- भोट नहाल्ने सूची बाँड्नु प्रक्रियासंगत होइन

चितवन। नेकपा (एमाले)को जारी महाधिवेशन बिहान ४ बजेदेखि नयाँ नेतृत्व छनोटका लागि निर्वाचन चलिरहेको छ।

मतदान प्रक्रिया चलिरहेकै बेला अध्यक्षका उम्मेदवारले कसलाई भोट दिने र कसलाई नदिने भन्ने सूची बाँडेपछि निर्वाचनको न्यूनतम आचारसंहिता उल्लंघन भएको टिप्पणी गरिएको छ।

ओली पक्षले अध्यक्षका प्रतिस्पर्धी भीम रावल लगायत उपाध्यक्षका उम्मेदवार घनश्याम भूसाल तथा सचिव पदका उम्मेदवार भीम आचार्य र टंक कार्कीलाई भोट नहाल्न भन्दै सूची नै बनाएर बाँडेका छन्।

निर्वाचन आयोगले भने त्यस्तो सूची बाँड्नु प्रक्रियासंगत नहुने बताएको छ।

“प्यानल नबनाइ निर्वाचनमा भाग नलिने भन्ने विधानमै उल्लेख छ, त्यस्तो सूची बाँडिएको छ भने प्यानलगत जानु हो, त्यो प्रक्रियासँगत हुँदैन”, आयोगका सदस्य कमल पाठकले नेपाल भ्यूजसँग भने, “हामीलाई अहिलेसम्म त्यस्तो सूची बाँडिएको भन्ने थाहा छैन। प्रतिनिधिहरूको खल्ती खोतलेर हिँड्ने कुरा भएन, उजुरी परे तुरून्त रोक्न लगाउछौँ।”

ओली प्रधानमन्त्री हुँदा उनको परराष्ट्र मामिला सल्लाहकार रहेका र प्रस्तावित केन्द्रीय सदस्य डा. राजन भट्टराईले भने त्यसलाई स्वाभाविक मान्नुपर्ने जिकिर गरेका छन् ।

“पाँच, छ जनालाई मत हाल्नुपर्ने भए पो नाम सम्झिइन्छ, धेरै जनालाई भोट हाल्नुपर्ने भएकाले प्रतिनिधिले नबिर्सिउन् भनेर त्यो सूची बाँडिएको हो”, डा. भट्टराईले भने, “निर्वाचन अवधिमा कसैले मैले सम्झिन सकिनँ भनेर त्यस्तो सूची तयार पार्छ भने अन्यथा मान्नुहुँदैन। प्रतिनिधिहरू आफूले चाहेका उम्मेदवारलाई मत दिन स्वतन्त्र छन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved