भक्तपुर कांग्रेसको नेतृत्व दुर्लभकै हातमा

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित भएका हुन्।

नेपालभ्युज

भक्तपुर कांग्रेसको नेतृत्व दुर्लभकै हातमा

काठमाडौं। नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन्। थापा वर्तमान सभापतिसमेत हुन्।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी अष्टकुमार कवेले ४४२ मत प्राप्त गरे।

उपसभापतिमा थापा समूहकै विजेश अवाल (५५९) र उर्मिला वन (५१४) निर्वाचित भए। सचिवमा सुशील बस्नेत (५५२) र राजेश खड्का (४८५) निर्वाचित हुँदा सहसचिवमा यादवप्रसाद अधिकारी (५७४) र कृष्णमुरारी न्यौपाने (५१४) विजयी भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved