ट्विटरको सीईओ पदबाट सहसंस्थापक ज्याक डोर्सीले दिए राजीनामा

सन् २००६ मा ट्विटर शुरु गरेका डोर्सीले ट्विटर र वित्तीय सेवा कम्पनी स्क्वायरको प्रमुख कार्यकारीको रूपमा काम गरिरहेका थिए।

नेपालभ्युज

ट्विटरको सीईओ पदबाट सहसंस्थापक ज्याक डोर्सीले दिए राजीनामा

काठमाडौं। ट्विटरका सहसंस्थापक ज्याक डोर्सीले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका छन् ।

ट्विटरले उनको स्थानमा वर्तमान प्रमुख प्राविधिक अधिकारी पराग अग्रवाललाई नियुक्त गर्ने जनाएको छ।

सन् २००६ मा ट्विटर शुरु गरेका डोर्सीले ट्विटर र वित्तीय सेवा कम्पनी स्क्वायरको प्रमुख कार्यकारीको रूपमा काम गरिरहेका थिए।

“अन्ततः मेरो लागि छोड्ने समय आएको छ”, डोर्सीले एक विज्ञप्तिमा लेखेका छन्, “कम्पनी अगाडि जान तयार छ।”

डोर्सीले आफूलाई प्रतिस्थापन गरेका अग्रवालमा ‘गहिरो’ विश्वास रहेको बताए। अग्रवालबारे डोर्सीले भने, “म उनको सीप, हृदय र आत्माको लागि धेरै आभारी छु। यो उनको नेतृत्व गर्ने समय हो।”

अग्रवाल सन् २०११ मा ट्विटरमा सामेल भएका थिए। उनी सन् २०१७ देखि टेक्नोलोजी प्रमुखका रुपमा कार्यरत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved