कांग्रेस १४ औँ महाधिवेशन

निधिले एकलौटी गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

असन्तुष्ट नेता कार्यकर्ताले जिल्ला निर्वाचन र केन्द्रीय निर्वाचन कार्यालयमा धनुषा क्षेत्र नम्बर ३ को अधिवेशन खारेजीको माग गर्दै निवेदनसमेत पठाएका छन्।

नेपालभ्युज

निधिले एकलौटी गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा एकलौटी रुपमा मनोमानी ढंगले प्रतिनिधि छनौट गरेको आरोप लगाउँदै असन्तुष्ट नेता कार्यकर्ताहरुले निधिविरुद्ध जनकपुरधामस्थित पार्टी कार्यालयमा विरोध प्रदर्शन गरेका छन्।

धनुषाको क्षेत्र नम्बर–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधिले पार्टीको विधान र निर्वाचन प्रक्रिया विपरीत अलोकतान्त्रिक तरिकाले आइतबार आफ्नो भाइ धिरेन्द्र निधिलाई क्षेत्रीय सभापति बनाएको र अन्य पदाधिकारीको घोषणा गरेको आरोप लगाउँदै पार्टी कार्यालयमा विरोध प्रदर्शन भएको हो।

यसरी विरोध जनाउनेहरुमा शम्भुनाथ झा, प्रवेश चौधरी, ललन चौधरी लगायतका नेताहरु रहेका छन्।

असन्तुष्ट नेता कार्यकर्ताले जिल्ला निर्वाचन र केन्द्रीय निर्वाचन कार्यालयमा धनुषा क्षेत्र नम्बर ३ को अधिवेशन खारेजीको माग गर्दै निवेदनसमेत पठाएका छन्। उनीहरु जिल्ला निर्वाचन कार्यालयमा निवेदन दर्ता गराउन जाँदा त्यहाँ कोही नभेटाएपछि इमेलमार्फत निवेदन दर्ता गराएका हुन्।

पार्टीका नेता प्रवेश चौधरीले भने, “क्षेत्र नम्बर ३ मा गरिएको पदाधिकारी चयनको गलत प्रक्रियाको हामीले विरोध गर्दै जिल्ला र केन्द्रीय निर्वाचन कार्यालयमा इमेल मार्फत निवेदन दर्ता गराएका छौँ।”

चौधरीले उपसभापति निधिले आफ्नो मनोमानी हिसाबले मञ्चबाटै आफू अनुकूलका व्यक्तिको नाम घोषणा गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved