एमाले महाधिवेशन – उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन आयोगले सोमबार राति साढे ११ बजे अन्तिम नामावली प्रकाशन गरेको हो।

नेपालभ्युज

एमाले महाधिवेशन  – उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

चितवन। नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन आयोगले सोमबार राति साढे ११ बजे अन्तिम नामावली प्रकाशन गरेको हो।

पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदै छ।  बाँकी केन्द्रीय सदस्यमा हुनेछ। अध्यक्ष पदका लागि केपी ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिएका छन्। ६ जना उपाध्यक्षका लागि ७ जना र ७ जना सचिव पदका लागि ९ जनाले प्रतिस्पर्धा गर्नेछन्।

केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ।

प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जना भिड्दै छन्।

त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ।
मतदान भने राति २ बजेबाट मंगबलार बिहान ८ बजेसम्म मतदान हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved